स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सहयोगी सामग्रीलाई प्रयोग गर्ने समय

यो सामग्रीलाई स्थानिय तहमा वार्षिक कार्यक्रम तर्जुमा शुरु हुनु भन्दा अगाडि (चैत्र—जेठ), योजना तर्जुमा प्रक्रिया भइरहेको अवस्थामा (असार) र योजना पास भइसकेपछि (श्रावण) प्रयोग गर्नु पर्दछ । वार्षिक योजना तर्जुमा प्रक्रिया सुरु हुनुभन्दा अगाडि सामाजिक विकास शाखाले स्वास्थ्य कार्यक्रमका लक्ष्य प्राप्तिका लागि समुदायको आवश्यकता अनुरुप सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु बस्ती भेलामा प्रस्तुतिको लागि तयारी गर्न, गाउँ वा नगरकार्यपालिकामा प्रस्तुत गर्न, सामाजिक विकास शाखा प्रमुखलाई आवश्यक सहयोग गर्न र बजेट तथा कार्यक्रम स्वीकृत भइसकेपछि कार्ययोजना स्वीकृत, व्यवस्थापन, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न यस सहयोगी सामग्री प्रयोग गर्नु पर्दछ ।

प्रत्येक स्थानीय तहले आगामी वर्षको लागि बजेट तथा कार्यक्रम तयार गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसै अनुसार प्रत्येक वर्ष स्थानीय तहबाट वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रिया अवलम्बन गरिन्छ । नेपाल सरकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को उपदफा २ (ग) को ७ नं बुँदामा ‘वडा तहमा स्वास्थ्य जनचेतना विकास, स्वास्थ्य सूचना कार्यक्रम सञ्चालन गर्ने’ उल्लेख गरिएको छ, यस्ता कार्यक्रमहरु सामाजिक व्यवहार परिवर्तन कार्यक्रम भनी बुझ्नु पर्दछ । स्वास्थ्य सेवा प्रयोगको लागि सामाजिक व्यवहार परिवर्तन अपरिहार्य आधार हो ।

ccp break through action