स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका योजनाहरु कसरी गाउँ वा नगरपालिकाको वार्षिक कार्ययोजनामा समावेश गराउन सकिन्छ ?

स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका योजनाहरु पनि वार्षिक कार्ययोजनामा समावेश गराउन ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४’ अनुसार प्रक्रिया पूरा गरेर कार्यक्रम प्राथमिकीकरणका आधारहरु तय गर्नु पर्दछ ।
यो सहयोगी सामग्रीले गाउँ वा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई योजना तथा बजेट तर्जुमा प्रक्रियाका ७ चरणहरु अनुसार चरणबद्ध तयारीका साथ सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु समेतको स्वास्थ्यका विभिन्न कार्यक्रम तयार गरी वार्षिक कार्ययोजनामा समावेश गराउन सहयोग गर्दछ । जस्तै यस सामग्रीमा वडास्तरीय वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा सुरु हुनुभन्दा अगाडि बस्ती भेलामा स्वास्थ्य क्षेत्रको कार्यक्रम प्रस्तुत गर्न गर्नुपर्ने तयारी, वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा प्रक्रिया भइरहेको समयमा गर्नुपर्ने कार्य र वार्षिक कार्यक्रम तथा बजेट पारित भएपछि गर्नुपर्ने कार्यको सम्पूर्ण जानकारी र आवश्यक पर्ने सहयोगबारे उल्लेख गरिएको छ ।
वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा प्रक्रियाबाट कार्यक्रम सजिलोसँग छनोट होस् भन्नको लागि छनोट प्रक्रिया सुरु हुनुभन्दा अगाडि पूर्व–तयारी स्वरुप तथ्यांकमा आधारित कार्यक्रम तयार गर्न आवश्यक सामग्रीहरुसमेत यसमा समावेश गरिएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको सिफारिस र कार्यक्रमको आवश्यक वकालतको लागि बजेट निर्माणमा सुरुदेखि नै संलग्न गराइएको छ ।
आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि विगतदेखि नै सञ्चालनमा रहेका उपचारात्मक, प्रतिकारात्मक, प्रवद्र्धनात्मक, पुनस्र्थापना सेवाका लागि संघबाट नै ससर्त बजेट तथा कार्यक्रम आउने गरेता पनि, विशेषत प्रवद्र्धनात्मक सेवाको लागि भने ज्यादै न्यून बजेट आउने हुँदा  गाउँपालिका तथा नगरपालिकाहरुले यसका लागि थप बजेट विनियोजन गर्नु पर्दछ । अतः स्वास्थ्यकोे विभिन्न कार्यक्रमको लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप तथा बजेटको लागि यदि समयमा नै पहल गरिएन भने वा आफ्नो  भूमिकामा स्पष्ट भइएन र तयारी गरेअनुसार क्रियाकलाप सामेल गराउन सकिएन भने स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप वार्षिक कार्ययोजनामा समावेश गराउन सक्ने मौका गुम्दछ ।

ccp break through action