स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्यको लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी वडा तहको प्राथमिकीकरणमा परेका क्रियाकलाप र बजेट स्वीकृत गराउन पैरवी

बस्ती भेला हुँदै वडा कार्य समिति समेतबाट सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप सहितको स्वास्थ्यको कार्यक्रम छनोटमा पार्न वडा अध्यक्ष, सम्बन्धित वडामा भएका कार्यपालिकाका सदस्यहरुलाई स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने स्वास्थ्यको सूचकांकहरुबारेमा पुनः अवगत गराउनुपर्छ र कार्यक्रम छनोटको लागि आफ्नो  स्तरबाट वकालत गर्नु पर्दछ । कार्यक्रम वडा तहमा छनोट तथा प्राथमिकीकरणमा परेको यकिन गर्नु पर्दछ ।

१. वडास्तरीय योजना प्राथमिकीकरण

१. आयोजना र कार्यक्रमहरुको प्राथमिकीकरण मापदण्डको आधारमा टोल र बस्तीस्तरबाट प्राप्त आयोजना र कार्यक्रमहरुलाई विषय क्षेत्रसमेत छुट्ट्याई प्राथमिकीकरण गर्नुपर्छ र सोलाई बजेट तथा कार्यक्रम तर्जुमा समितिमा सिफारिस गरी पठाउनु पर्दछ ।

२. गाउँ र नगरस्तरमा महत्वपूर्ण देखिएका आयोजना र कार्यक्रमहरुलाई समेत औचित्य खुलाई प्राथमिकीकरणको सूचीमा राखी पठाउन सकिन्छ ।
सामान्यतया योजना छनोट गर्दा विकास निर्माणमा योजनाले प्राथमिकता पाउने गर्दछ । यो समुदायको आवश्यकता पनि हो तर यसलाई स्वास्थ्यको विषय पनि समावेश हुने गरी प्रस्तुत गर्न सकिन्छ । जस्तै खानेपानीको योजनामा स्वच्छ खानेपानी भनेर सम्बोधन गर्दा खानेपानी सुरक्षित गर्ने हात धुने तरिका जस्ता विषयलाई त्यसैमा समावेश गराई सँगै लैजान सकिन्छ ।

२. स्वास्थ्य संस्थालाई वडा तहको प्राथमिकीकरणमा परेका सामाजिक व्यवहार परिवर्तनसम्बन्धी क्रियाकलाप समेतको स्वास्थ्यका कार्यक्रम र बजेट स्वीकृत गराउन सहयोग

बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई वडा तहको प्राथमिकीकरणमा परेका क्रियाकलाप र अनुमानित बजेट तयार गर्न आवश्यक सहयोग गर्नु पर्दछ । क्रियाकलापका लागि अनुमानित बजेट बस्ती भेलाका लागि कार्यक्रम तयार गर्दा नै तयार गरिएको हुन्छ । त्यसैलाई आधार मानेर बजेट तयार गरी स्वीकृत गर्न सहयोग गर्नु पर्दछ ।

ccp break through action