स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

गाउँ तथा बस्ती स्तरको भेलाहरुमा पूर्वतयारी गरिएको स्वास्थ्यको लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप समावेश भएको योजनाका साथ स्वास्थ्य संस्थाको सहभागिता, प्रस्तुति तथा वकालत

१. गाउँ तथा बस्ती स्तरको भेलाहरुमा पूर्वतयारी गरिएको स्वास्थ्यको लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप समावेश भएको योजनाका साथ स्वास्थ्य संंस्थाको सहभागिता, प्रस्तुति तथा वकालत

स्वास्थ्यको विभिन्न कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तन क्रियाकलापसमेतको स्वास्थ्य कार्यक्रम तोकिएको फारममा तयार गरी वडा भेलामा प्रस्तुत गर्नका लागि स्वास्थ्य संस्था प्रमुखहरुले पाएको यकिन गर्नु पर्दछ । 

१.१ बस्ती भेलाहरुमा स्वास्थ्य संंस्थाको तयारी योजनाका साथ सहभागिता

वडा भेला हुने स्थानबारे स्वास्थ्य संस्थालाई जानकारी दिई स्वास्थ्य संस्थाबाट जाने व्यक्तिहरु तोकिएको यकिन गर्नु पर्दछ । सबै सहभागीले बस्ती भेलामा तथ्य र तथ्यांकमा आधारित कार्यक्रमका साथ प्रस्तुत हुने कुराको यकिन गर्नु पर्दछ । भेलाबारे सूचना स्थानीय रेडियो वा पत्रपत्रिकाबाट पनि प्रसार गर्न सकिन्छ । बस्ती भेलामा स्वास्थ्य संस्थाबाट प्रभावकारी रुपमा स्वास्थ्यको विभिन्न कार्यक्रमका साथै सामाजिक व्यवहार परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरु प्रस्तुत हुन सकेमा मात्र कार्यक्रम छनोट हुन सक्दछ । 

१.२ स्वास्थ्यका लागि सामाजिक व्यवहार परिवर्तनका विषयहरु समुदायबाटै उठाउन समयमै सहजीकरण गरेको यकिन गर्ने

बस्ती भेलामा मुख्य समुदायको उपस्थिति हुने हुदा  समुदायबाट नै स्वास्थ्यको विभिन्न कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापका माग आएमा त्यो कार्यक्रम छनोटमा पर्दछ । बस्ती भेलामा समुदायको सहभागिता तथा उपस्थिति यकिन गर्न यससम्बन्धी रेडियो वा पत्रपत्रिकामार्फत आएका सूचनाहरु थाहा दिन स्वयंसेविका र सामुदायिक स्वास्थ्य इकाईहरुलाई समेत परिचालन गर्नु पर्दछ ।

१.३ स्वास्थ्य संंस्था प्रमुख वा प्रतिनिधिले वडास्तरीय भेलामा सामाजिक व्यवहार परिवर्तनको वकालत गरेको यकिन गर्ने

स्वास्थ्य संस्था प्रमुख/प्रतिनिधिले वडास्तरीय भेलामा सहभागी हुनुका साथै तथ्यांकमा आधारित र स्थानीय आवश्यकतालाई ध्यानमा राखी स्वास्थ्य संस्था व्यवस्थापन समिति समेतले स्वीकार गरेको सामाजिक व्यवहार परिवर्तनसमेतका स्वास्थ्य कार्यक्रम प्रस्तुत गरेको यकिन गर्नु पर्दछ ।

ccp break through action