स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

व्यवहार परिवर्तनका चरणहरु ?

सामान्यतया कुनै पनि व्यक्तिलाई कुनै पनि व्यवहार परिवर्तन गर्न वा नयाँ कुरा व्यवहारमा ल्याउन उक्त विषयमा पूर्ण ज्ञान हुनु पर्दछ । ज्ञानका आधारमा उसले त्यो व्यवहारलाई मनैदेखि स्वीकार गरेको हुनु पर्दछ । यसबाट उक्त व्यवहार परिवर्तनका लागि उसको मनसाय वा अभिप्राय विकास हुन्छ । यसरी व्यवहार अपनाउने अभिप्राय भएपछि उसले अभ्यास गर्न सुरु गर्दछ । अभ्यासबाट प्राप्त प्रतिफलका आधारमा त्यस व्यवहारलाई निरन्तरता दिन्छ र त्यो व्यवहारको बारेमा अरुलाई पनि वकालत गर्छ भने पक्कै उसले व्यवहार परिवर्तन गरेको बुझ्नु पर्दछ ।

तर कुनै पनि व्यक्तिले माथि उल्लेख गरिएका चरणअनुसार नै व्यवहार परिवर्तन गर्दछन् भन्ने पनि छैन । कसैले ज्ञान पाउनासाथ आफ्नो व्यवहार परिवर्तन गर्दछ भने कसैले अभ्यास गरिसकेपछि पनि व्यवहार परिवर्तन नगर्न सक्दछ ।

ccp break through action