स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

समुदायको व्यवहार परिवर्तन किन आवश्यक छ ?

व्यवहार परिवर्तन व्यक्तिगत कुरा हो वा व्यक्तिले गर्नुपर्ने कार्य हो तर व्यक्तिले चाहेर मात्र पनि उसले व्यवहार परिवर्तन गर्न सक्दैन । उसले गर्ने व्यवहारमा उसको परिवारको महत्वपूर्ण भूमिका रहन्छ र परिवारले उसको व्यवहार परिवर्तनमा असर पार्दछ । कतिपय अवस्थामा परिवारले उक्त व्यवहार परिवर्तनका लागि स्वीकार गरे पनि समाजको सहयोग नभएमा पनि उसले व्यवहार परिवर्तन गर्न सक्दैन । त्यसैले व्यवहार परिवर्तनको कुरा गर्दा व्यक्तिलाई मात्र लक्षित गरेर नहुने हुदा  परिवार, समाज तथा नीति नियमलाई पनि लक्षित गर्नुपर्ने हुन्छ । सामाजिक परिस्थिति नमुना (Socio ecological model) अनुसार कुनै पनि व्यक्तिको व्यवहार परिवर्तनका लागि उसको वातावरणलाई पनि ध्यान दिनु पर्दछ, जसले गर्दा व्यक्तिलाई व्यवहार परिवर्तन गर्न सहज हुन्छ र उसले व्यवहार परिवर्तन गर्न सक्छ ।

 

ccp break through action