स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

सहयोगी सामग्री तयारी प्रक्रिया र प्रयोग गर्ने निकाय

यो सहयोगी सामग्री स्थानीय तहमा स्वास्थ्य शाखालाई स्वास्थ्यका विभिन्न कार्यक्रमहरुमा सामाजिक व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम गर्न सहयोग पुरयाउने उद्देश्यका साथ लक्षित समूह केन्द्रित डिजाइन (Human-centered Design (HCD) approach) मा आधारित भई तयार गरिएको हो (लक्षित समूह केन्द्रित डिजाइन एक सहयोगी प्रक्रिया हो जहाँ लक्षित समूह सम्पूर्ण प्रक्रियामा सहभागी हुन्छन् ।) यस डिजाइन अनुरुप बिभिन्न क्रियाकलापका साथै सामाजिक व्यवहार परिवर्तनका कार्यक्रम तयारी प्रक्रिया “पी प्रक्रिया”लाई पनि अनुसरण गरिएको छ । (सन् १९८२ मा विकसित “पी प्रक्रिया” रणनीतिक, प्रमाणमा आधारित सामाजिक व्यवहार परिवर्तन कार्यक्रम तयार गर्ने कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने सबैभन्दा सम्मानित प्रक्रियामध्ये एक हो ।)


यस सहयोगी सामग्रीमा समावेश गरिएको विषयहरुलाई  जुम्ला र सुर्खेत जिल्लाका गाउँपालिका र नगरपालिकामा (सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका र जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिका) फिल्ड परीक्षण गरी समावेश गरिएको छ । यो सामग्री तयारी गर्दा संघ, प्रदेश र कार्यक्रम लागू भएका स्थानीय तहका (गाउँपालिका वा नगरपालिका) स्वास्थ्य शाखाहरु, निर्वाचित प्रतिनिधिहरु र सामाजिक व्यवहार परिवर्तनको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको संलग्नता रहेको छ ।

यो सामग्री गाउँ/नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य संस्था प्रमुखको स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका लागि तथ्यमा आधारित सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु विकास, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने क्षमता अभिवृद्धिका लागि तयार गरिएको हो ।

ccp break through action