स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

ससर्त अनुदानको कार्यक्रम तथा निर्देशिका बारेमा जानकारी

बार्षिक  योजना  तयार गर्नुभन्दा पहिला वा प्रत्येक वर्ष जेठ १५ मा संघ र असार २ गते सम्ममा प्रदेशबाट आगामी आर्थिक  वर्षका  लागि ससर्त तथा निःसर्त कार्यक्रम र बजेट  केन्द्र तथा प्रदेशबाट गाउँपालिका वा नगरपालिकामा आइसक्छ । यसरी केन्द्रबाट र प्रदेशबाट आएका कार्यक्रम र बजटेलाई  ध्यानमा राखेर गाउँ वा नगरपालिकाले आफ्नो आन्तरिक आवश्यकता अनुसार आन्तरिक स्रोतलाई  समेत समाबेश  गरी प्रत्येक  वडाको लागि बजेटको अधिकतम सीमा रकम (Ceiling) तोकेर  पठाउदँछ । यसैलाई  आधार  मानेर सबै वडाले विभिन्न विषयका कार्यक्रमका साथै स्वास्थ्यको विभिन्न कार्यक्रम र यसको लागि सामाजिक व्यवहार परिवतर्नसम्बन्धी क्रियाकलापको लागि समेत  बजेट छुट्टाउनु  पर्दछ  । 
त्यसैले नयाँ आर्थिक वर्षको लागि आएकोे निर्देशन तथा बजेट संयुक्त रुपमा बुझ्न र त्यसैलाई आधार मानी बस्ती भेलामा प्रस्तुत गर्न तयार पारिएको कार्यक्रममा कुनै परिमार्जनको आवश्यकता परेमा स्वास्थ्य शाखाले स्वास्थ्य संस्था प्रमुखहरुको बैठकमा छलफल गरी अध्यावधिक गरेर बस्ती–भेलामा प्रस्तुत गर्न सहयोग गर्नु पर्दछ ।
स्थानीय तहको लागि स्वास्थ्य क्षेत्रका लागि योजना तथा बजेट तर्जुमासम्बन्धी मार्गदर्शन २०७५ तलको लिंकमा पाउन सकिन्छ ।

https://www.mohp.gov.np/en/publications/guidelines-manuals

ccp break through action