स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

HMIS को प्रतिवेदनमा लक्ष्य अनुसार प्रगति नभएका सुचकहरुको पहिचान

स्वास्थ्यका कार्यक्रम तयार गर्नुभन्दा पहिला विभिन्न स्रोतबाट उपलब्ध तथ्यांकहरु (HMIS वा विभिन्न संघसंस्थाबाट गरिएका अध्ययनका रिपोर्टहरु) केलाएर हेर्नु पर्दछ जसमा स्वास्थ्यको विभिन्न विषयका सूचकांकहरुको अवस्था हेर्न सकिन्छ । सूचकहरुबाट आफ्नोगाउँ वा नगरपालिका वा प्रदेशको स्वास्थ्यकोे विभिन्न विषयमा हालको अवस्था हेर्न सकिन्छ । कुनै पनि विषयको सूचक गत वर्ष कति थियो र हाल कति छ भनेर आफ्नै  गाउँ वा नगरपालिका वा जिल्ला वा प्रदेशको अवस्थासँग दाँजेर हेर्न सकिन्छ जसले स्वास्थ्यकोे कुन विषयमा केन्द्रित भएर काम गर्नुपर्छ भनेर निर्देशित गर्दछ ।

सम्बन्धित गाउँ वा नगरपलिका वा स्वास्थ्य संस्थाको उपलव्ध तथ्यांकहरु समीक्षा गर्दा निम्न प्रश्नहरुमा केन्द्रित हुनु पर्दछ :
१. आफ्नो नगर वा गाउँपालिकाको HMIS तथ्यांकहरु छिमेकी नगर वा गाउँपालिकाको तथ्यांकसँग तुलना गर्नुहोस्

  •  तपाईकोे नगर वा गाउँपालिकाका स्वास्थ्य सूचकको अवस्था र छिमेकी नगर वा गाउँपालिकाको अवस्था
  •  हामीले आशा गरे अनुसार छ कि छैन ?

२. आफ्नो नगर वा गाउँपालिकाका HMIS तथ्यांकहरु प्रदेशका तथ्यांकहरुसँग तुलना गर्नुहोस्  ।

  •  तपाईकोे नगर वा गाउँपालिकाको स्वास्थ्य सूचकको अवस्था र प्रदेशको स्वास्थ्यको सूचकको अवस्था
  •  हामीले आशा गरे अनुसार छ कि छैन ?

३. आफ्नो नगर वा गाउँपालिकाका HMIS तथ्यांकहरु राष्ट्रको तथ्यांकहरुसँग तुलना गर्नुहोस्  ।

  •  तपाईकोे नगर वा गाँउपालिकाको स्वास्थ्य सूचकको अवस्था र राष्ट्रको सूचकको अवस्था
  •  हामीले आशा गरे अनुसार छ कि छैन ?

४. आफ्नो नगर वा गाउँपालिकाका HMIS तथ्यांक समयक्रममा, पुरानो आर्थिक बर्षको तथ्यांकहरुसँग तुलना गर्नुहोस् ।

  •  समयको साथसाथै सूचकका आवश्यकतामा पनि परिवर्तन भएका छन् ? परिवर्तनको अवस्था बढ्दो क्रममा छ वा घट्दो क्रममा छ ?
  •  यो क्रम हामीले आशा गरे अनुसार छ कि छैन ?

स्वास्थ्यकोे लागि DHIS-2 बाट तथ्यांकहरु तलको लिंकबाट हेर्न सकिन्छ । 

htttps://www.thecompassforsbc.org/project-examples/how-see-dhs-data-health

HMIS तथ्यांकहरु समिक्षा गरिसकेपछि, व्यवहारमा देखिएको कमीलाई पत्ता लगाउन निम्न कुराहरुमा छलफल गर्न सकिन्छ ।

  • हाम्रो गाउँ वा नगरपालिका र स्वास्थ्य संस्थाबाट यस समस्याहरुलाई सम्बोधन गर्न हामीलाई अरु कुन कुन जानकारी चाहिन्छ ?
  • हामीले यस स्वास्थ्य समस्याको बारेमा कोसँग जानकारी लिने ? कुन समूहलाई यसबारेमा सबैभन्दा धेरै ज्ञान छ ? 

माथिका कुराहरुका निर्णय भएपछि समूदायमा व्यवहारसम्बन्धी तथ्यांकको लागि समूदायमा नै गएर छलफल गर्नु पर्दछ । 

ccp break through action