स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (HFOMC) बाट सामाजिक व्यवहार परिवर्तन कार्यक्रमका क्रियाकलाप तथा बजेटमा सहमति

तथ्यांकहरुको आधारमा स्वास्थ्यका विभिन्न कार्यक्रममा सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु समावेश गर्नुपर्छ । ती क्रियाकलापहरु र तिनलाई आवश्यक पर्ने बजेटबारे स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको (HFOMC) मासिक बैठकमा छलफल गरी बस्ती भेलामा प्रस्तुत गर्न तयारी गर्नु पर्दछ । समितिका सदस्यहरुको सुरुबाट नै हुने सहभागिताले वार्षिक कार्यक्रममा सामाजिक व्यवहार परिवर्तन क्रियाकलापसमेतको स्वास्थ्यका कार्यक्रम र बजेटबारेमा थाहा हुने हुँदा बस्ती भेलामा सहयोग मिल्दछ । 
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनको नमुना कार्यविधि २०७५ को परिच्छेद– ४, वित्तीय व्यवस्थापनमा उल्लेख भएअनुसार:
‘स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले योजना तर्जुमाको सात चरण अनुरुप तोकिएको अवधि (मिति) भित्र आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट निर्माण गरी सम्बन्धित महानगरपालिका/उप महानगरपालिका/नगरपालिका/गाउँपालिकाको वडामा पेस गर्नु पर्दछ ।
यसरी कार्यविधिमा उल्लेख भएबमोजिम स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (HFOMC) ले योजना तर्जुमाको तोकिएको चरण वा बस्ती भेलामा सामाजिक व्यवहार परिवर्तन क्रियाकलापहरु प्रस्तुत गर्न सक्छ । साथै यसले स्वास्थ्य कार्यक्रम र यसको बजेटबारेमा छलफल गरी कार्यक्रमसँगै बजेट पनि यकिन गर्नु पर्दछ । यसरी पहिला नै स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिबाट बजेटसहितको कार्यक्रम स्वीकृत गराइएमा बस्ती भेलामा प्रस्तुत गर्दा र वडामा सो कार्यक्रमप्रति सकारात्मक अभिमत रहन्छ । 
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन नमुना कार्यविधि २०७५ तलको लिंकमा दिइएको छ । http://www.nhtc.gov.np/index.php/publications/other-publications
स्थानीय स्वास्थ्य संस्थाबाट सञ्चालन गरिने स्वास्थ्य सबैलाई  उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गरी सेवालाई थप व्यवस्थित जनमुखी र  प्रभावकारी  बनाउन, स्वास्थ्य सेवाको सञ्चालन र व्यवस्थापनमा जनसहभागिता परिचालन गर्न नेपालको संविधान, स्वास्थ्य नीति, २०७१ र जनस्वास्थ्य सेवा ऐन, २०७५ को उद्देश्य  कार्यान्वयनमा सहयोग पुरयाउन,  स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका लागि यो  नमुना कार्यविधि तयार गरिएको छ । 

ccp break through action