स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

योजनाअनुसार चेक लिस्ट प्रयोग गरी कार्यक्रमको अनुगमन

कार्यक्रमले निर्धारण गरेको लक्ष्य र उद्देश्य प्राप्त गर्न र कार्यक्रमलाई सही रुपमा अगाडि बढाउन नियमित अनुगमन तथा मूल्यांकन गर्नुपर्छ । त्यसैले कार्यक्रम सञ्चालन गर्नु जत्तिकै महत्वपूर्ण कुरा कार्यक्रमकोे अनुगमन तथा मूल्यांकन गर्नु पनि हो । त्यसैगरी बजेट विनियोजन तथा कार्यक्रम तय गर्दा अनुगमन तथा मूल्यांकनको लागि पनि बजेट विनियोजन गर्नुपर्छ । साथै, गाउँ वा नगरपालिकामा भएको संयुक्त अनुगमनको लागि राखिएको बजेट सामाजिक व्यवहार परिवर्तनका कार्यक्रम अनुगमन तथा मूल्यांकनको लागि पनि छुट्ट्याइएको हुनु पर्दछ । जिल्ला स्तरका कार्यक्रम व्यवस्थापकहरुलाई कार्यक्रम अनुगमन तथा मूल्यांकन गर्न आवश्यक HMIS का प्रमूख सूचकहरु अनुसूचि ७ मा छ।

१. प्रक्रिया अनुगमन

सामान्यतया प्रक्रिया अनुगमन दुई तरिकाले गर्न सकिन्छ ।

(१) प्रतिवेदनहरु हेरेर,

(२) सम्बन्धित स्थलमा पुगेर प्रतिवेदनहरु हेरेर हामीले संख्यात्मक तथ्यहरु पाउन सकिन्छ भने कार्यक्रमको गुणस्तर हेर्न कार्यक्रमस्थलमा नै पुग्नु पर्दछ । प्रक्रिया अनुगमनले नै कार्यक्रम सही बाटोमा हिँडिरहेको छ कि छैन भन्ने कुरा समयमा नै बताउँदछ । सही बाटोमा हिँडिरहेको थाहा पाउन सूचकांकहरुको पहिचान गर्नु पर्दछ ।

उदाहरणको लागि पञ्चपुरी नगरपालिका सुर्खेतले तयार गरेका केही क्रियाकलाप र त्यसको सूचकांकहरु तल प्रस्तुत गरिएको छ  ।

 

 

२. कार्यक्रमको गुणस्तर अनुगमनको लागि चेकलिस्टहरुको प्रयोग

सबै कुराहरु ठीक नै भइरहेका छन् कि छैनन् हेर्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसको लागि कार्यक्रम कार्यान्वयन भइरहँदा सुपरिवेक्षण र अनुगमनको आवश्यकता पर्दछ । कार्यस्थलमा जाँदा सुपरिवेक्षण र अनुगमन गर्नको लागि कुनै न कुनै आधारको जरुरत पर्दछ । के आधारमा सुपरिवेक्षण तथा अनुगमन गर्ने जानुभन्दा पहिला कार्यस्थलमा गएर के गर्ने भन्ने कुरा जानु अगाडि नै प्रस्ट हुनु पर्दछ । कार्यस्थलमा जाँदा दुई प्रकारको सुपरिवेक्षण र अनुगमन हुन सक्दछ । पहिलो स्वास्थ्य संस्थाको र दोस्रो सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप भइरहेको स्थानको । त्यसैले कार्यस्थलमा जाँदा प्रयोग गर्न र क्रियाकलापको लागि सुपरिवेक्षण र अनुगमनको लागि चेकलिस्ट नै फरक हुने गर्दछ । नमुनाको लागि चेकलिस्ट तल प्रस्तुत गरिएको छ। 

३. कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन प्रतिवेदन

कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन गरिसकेपछि कार्यक्रमको सुधारको लागि प्रतिवेदनकोे आवश्यकता पर्दछ । प्रतिवेदनमा निम्न विषयहरु समावेश गरेर तयार गरी सुधार र सिकाइको लागि नियमित बैठकमा छलफल गर्नु पर्दछ ।

१ .अनुगमन प्रतिवेदन फारम

१. पृष्ठभूमि कुन कार्यक्रम वा संस्था, उद्देश्य, भ्रमण कर्ताहरु, के विषयमा छलफल भयो 
२. क्रियाकलाप (के के गरियो)
३ अनुगमनकर्ताको प्रतिक्रिया :

  • अनुगमनबाट प्राप्त सबल पक्षहरु :
  • अनुगमनबाट प्राप्त सुधारात्मक पक्षहरु:
  • अनुगमनकर्ताको सुझाव र प्रतिक्रियाहरु:

४. निष्कर्ष/सुझाव ल अनुसूची ल कस्लाई भेटियो, फोटो आदि

२. अनुगमनकर्ताको विवरण तथा उपस्थितिः 

 

४. प्रभावकारिता मूल्यांंकन

प्रभावकारिता मूल्यांकनको लागि आर्थिक वर्ष सकिएपछि सामाजिक व्यवहार परिवर्तनका लागि कार्यान्वयन गरिएका क्रियाकलापहरुले समुदायमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा हेर्नु पर्दछ । यो परिवर्तन हेर्ने प्रक्रियालाई प्रभावकारिता अनुगमन भनिन्छ । 
प्रभावकारिता अनुगमनको लागि कार्यक्रमले लक्षित गरेको सूचकांकहरु के के छन् हेर्नु पर्दछ । जस्तै स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यक्रमले के प्रतिफल ल्यायो त्यो हेर्नको लागि आवश्यक सूचकांक संस्थामा सुत्केरी गराउनेको प्रतिशत हो जुन DHIS2 software (HMIS) बाट सजिलै हेर्न सकिन्छ र त्यसपछि प्रगतिलाई अघिल्लो आर्थिक वर्षसँग दाँजेर हेर्न सकिन्छ । त्यस्तै अन्य सूचकहरु

  • प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच
  • गर्भावस्थामामा जुकाको औषधि सेवन
  • १८०+ आइरन चक्की सेवन, आदि ।

 

ccp break through action