स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

स्वास्थ्य शाखा प्रमुखले विषयगत समितिको बैठकमा सक्रिय सहभागी भई सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप तथा बजेट समावेशको लागि पैरवी

स्वास्थ्य शाखा प्रमुखले विषयगत समिति (सामाजिक विकास शाखा) को बैठकमा सामाजिक विकास समितिका संयोजकलाई स्वास्थ्यका विभिन्न कार्यक्रमका लागि सामाजिक व्यवहार परिवर्तनका क्रियाकलाप तथा यसको लागि आवश्यक बजेटका बारेमा प्रष्ट पार्नुपर्दछ । यस्तो सामाजिक विकास संयोजकसँगको बैठकमा स्वास्थ्यकोे तर्फबाट स्वास्थ्य शाखा प्रमुखले नै प्रतिनिधित्व गर्नु पर्दछ र छलफल हुँदा कार्यक्रम तथा बजेटका बारेमा प्रष्ट पार्नु पर्दछ । स्वास्थ्य शाखा प्रमुखले प्रभावकारी रुपमा कार्यक्रम प्रस्तुतिको लागि संयोजकलाई आवश्यक सहयोग गर्न तयार रहनु पर्छ र स्वास्थ्यका विभिन्न कार्यक्रमका साथै सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमको लागि वकालत गर्नु पर्दछ । कार्यक्रमहरु विषयगत बजेट सीमा निर्धारण समिति भित्र पेस भए, नभएको सुनिश्चित गर्नु पर्दछ । पाँच वटा विषयगत शाखाहरु भित्र स्वास्थ्यको सामाजिक व्यवहार परिवर्तनका क्रियाकलापहरु समेतको कार्यक्रमलाई सामाजिक विकास शाखा वा क्षेत्रभित्र पार्नु पर्दछ ।
१. क्षेत्रगत बजेट सीमा निर्धारण 

ccp break through action