स्थानीय तहको लागि
सामाजिक व्यवहार परिवर्तन क्षमता अभिबृद्धि सहयोगी सामग्री

sbc palika package

विस्तृत कार्ययोजना प्रमुख प्रशासकीय–अधिकृतबाट स्वीकृतिको लागि पेस

स्वास्थ्य संस्था प्रमुखहरुको  नियमित बैठकमा  गाउँ वा नगरसभाबाट स्वीकृत भएका कार्यक्रम विवरण र बजेटको  बारेमा  सबै स्वास्थ्य संस्था  प्रमुखहरुलाई  जानकारी गराउनुको साथै त्यसको समीक्षा गर्नु पर्दछ । स्वीकृत  कार्यक्रम र बजेटको आधारमा बस्ती भेलामा प्रस्तुति  गर्ने तयारीको क्रममा तयार गरिएका अनमुानित बजेट सहितको क्रियाकलाप र कार्यान्वयन प्रतिक्रिया बारे व्यापक छलफल गर्नुपर्दछ  र सोहि आधारमा कार्यान्वयनको लागि बिस्तृत कार्ययोजना  तयार गर्नुपर्दछ । यसको लागि पी प्रक्रियालाई  पुनः   दोहोर्याउदै   स्वीकृत भएका क्रियाकलापको समीक्षा गर्दै आवश्यक परिमार्जन  गर्न सकिन्छ । 
स्वीकृत कार्यक्रम र बजेटमा आधारित कार्ययोजना  प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत  गराई  आर्थिक शाखाबाट तोक आदेश  लगाई  समुदाय  तहमा कार्यक्रम सञ्चालन गर्न वडासंग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नुपर्दछ।

उदाहरणको लागि

स्वीकृत  बजेटको आधारमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृतिको लागि चन्दननाथ नगरपालिका जुम्ला  स्वास्थ्य शाखाले सिकाइको लागि तयार पारेको सात महिनाको बिस्तृत कार्ययोजना उदाहरणको लागि पूर्वतयारि  भागको ३.४.१.१ मा छ । 

यसको आधारमा आर्थिक शाखाबाट तोकिएको  खाकामा आगामी वर्षको  लागि चौमासिक  कार्ययोजना र  बजेट तयार गरी स्वीकृतिको लागि  पेस  गर्नु पर्दछ। 

 

ccp break through action